काभा क्लब च्याम्पियनसिप जितेको पुलिस क्लबको भव्य स्वागत

मूलखबर संवाददाता
काठमाडौं

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार विहान स्वदेश फर्किएको छ।

उपाधि विजेता नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। टोलीलाई प्रहरीका अधिकारीहरूले विमानस्थलमा ब्याण्डबाजाले स्वागत गरेका थिए। साथै पुलिस टोलीका खेलाडी तथा अफिसियलाई पुष्पगुच्छा, र मालाले सम्मान गरिएको थियो। त्यसपछि टोलीलाई फूलले सजाइएको प्रहरी भ्यानमा राखेर त्रिभुवन विमानस्थालबाट ल्याइएकव थियो।

नेपालले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि शनिबार राति जितेको थियो। शनिबार राति भएको उपाधि भिडन्तमा उज्वेकिस्तानको हुमोलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।

प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो।