आजको माैसम : गण्डकी, बागमती र कर्णालीबाहेक अन्त सफा

मूलखबर संवाददाता
काठमाडौं, ५ असाेज

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शनिबार  दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहँदा शनिबार केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको हो।

बिहान कोशी र बागमती प्रदेशको थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।