
पछि हटे ओली, सबै दलको सहमतिमा संविधान संशोधन : प्रम केपी ओली
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनमार्फत गर्न सकिने धारणा व्यक्त गरेका हुन् । उनले भने, म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ ।’’
ओलीले भने, ‘‘संविधानलाई समयानुकूल बनाउनुपर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’’
पछि हटे ओली
यसअघि नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरी समानुपातिक र समावेशी व्यवस्था हटाउने गरी सम्झौता भएको भनिएता पनि चौतर्फी विरोध हुन थालेपछि दुबै दल त्यस मान्यताबाट पछि हटेका थिए । आज प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सबै दलको सहमतिमा मात्रै संविधान संशोधन गर्ने भन्ने कुराले त्यसैलाई पुष्टि गर्दछ ।
ओलीको भनाईमा पुरै व्याक गएको देखिएको उक विश्लेषकले बताए । उनले सबै दलको सहमति खोज्नुको पछाडि उनको आत्मबल गिरेको नै उनकोठहर छ । एकातिर छिमेकी भारत र चिन असन्तुष्ट बन्नु र अर्कोतिर नेपालमै संविधान संशोधनको व्यापक विरोध हुनुले ओली अप्ठ्यारोमा परेका देखिन्छन् ।
