दश वर्षे जनयुद्ध समस्या नभएर मूलभूत रूपमा समाधान थियो : बस्नेत

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ

माओवादीद्वारा संचालित १० वर्षे जनयुद्ध मुलुको समस्या नभएर समाधान भएको माओवादी नेता शक्ति बहादुर बस्नेतले बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद एवम् पुर्वमन्त्री बस्नेतले माओवादी जनयुद्ध हिंसा नभएर परिवर्तनको लािग भएको प्रतिवाद भएको बताए । उनले दश बर्से सङ्घर्ष समस्या नभएर मूलभूत रूपमा समाधान थियो भन्ने कुरा नयाँ संविधान र गणतन्त्रको स्थापना भएबाटै पुष्टि भएको तथ्यलाई अस्वीकार गर्न नसकिने पनि बताए ।

उनले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ? भन्दै प्रश्न गरेका थिए । साथै उनले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिमा असहमति, आपत्ति र विरोध भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई ध्यानमा राखेर प्रतिनिधि सभाको बैठकमा विरोध नगरेको बताए ।

‘क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ सालको आन्दोलनलाई के भन्ने ? आन्दोलनको मूल प्रवृत्तिका आधारमा नेपालको जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमान हुने गरी व्यक्त भएका विचारप्रति हाम्रो दलको असहमति, आपत्ति र विरोध भएको रेकर्ड गर्न चाहन्छु’, बस्नेतको भनाइ छ ।