
अकोराबको अध्यक्षमा अर्जुन गिरि, वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा निर्विरोध निर्वाचित
सामुदायिक रेडियो प्रसारक सघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरि वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा निर्विरोध निर्वाचित भएका छन्।
यस्तै दलित उपाध्यक्षमा गोपाल बराइली, महासचिवमा वन्दना दनुवार, सचिवमा भक्त स्याइतान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएका छन्। गिरी अकोराबको निवर्तमान अध्यक्ष समेत हुन्।
अकोराबको १८औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएका हुन्। अकोराब देशभरिका सामुदायिक रेडियोको छाता सङ्गठन हो।
