
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्था त्यसबारे धारणा बनाउन पनि माओवादी आन्तरिक छलफलमा जुट्न लागेको हो ।
