लगानी बाेर्डकाे सिइओमा सुशील ज्ञवाली नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, २७ भदौ

लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

सिफारिस समितिले छनोट गरेका ५ जना उम्मेदवारहरूमध्येबाट उनलाई सीईओमा नियुक्त भएका हुन् । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।

समितिले ज्ञवालीसहित अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगानालाई सिफारिस गरेको थियो । उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको थियो ।