नेपाल भारतबीचका समस्या संवादबाट सजिलै हल गर्न सकिन्छ : प्रधानमन्त्री ओेली

मूलखबर संवाददाता
काठमाडौं, २२ भदौ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचका समस्या वार्ता र संवादमार्फत हल गर्न सकिने बताएका छन् ।

फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न सकिने उनको तर्क छ ।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबिचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको बताए ।