आहा ! कति राम्रो वाल पेन्टिङ ! (पंकजका पपुलर पेन्टिङ)

मुलखबर संवाददाता
काठमाडौं

यी तस्बिरमा देखिएकाे डिजाइन कम्प्युटरबाट गरिएको हाेइन, यी चित्र कागजमा काेरिएका वा प्रिन्ट गरिएका चित्र पनि हाेइनन् ।

यी त घरका र काेठाका वालहरूमा गरिएका अर्गानिक डिजाइन र पेन्टिङ हुन् र त्याे पनि कतै तालिम नलिइकन र ओैपचारिक कला सम्वन्धी शिक्षा नलिएका युवाले गरेका हुन् भन्दा अचम्म मान्नुहाेला ।

हाे वास्तवमै यी सुन्दर र मनमाेहक पेन्टिङ पंकज माझीले गरेका हुन् । काभ्रेको महाभारत गाउँपालिका कार्यलय रहेकाे गाउँ देवीटारका माझी समुदायका युवा पंकजले आफ्नै प्रयास र सिपमा यी कलात्मक पेन्टिङ गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट  स्नातक उत्तीर्ण गरेका माझीले पेन्टिङ सम्वन्धी कुनै स्कुल, कलेज वा इन्स्टिच्युटमा शिक्षा लिएका छैनन् । आफ्नै स्वअध्ययन र रूचीका कारण उनलेे यी सीप र क्षमता हाँसिल गरेका हुन् ।  व्यक्तिगत रूपमा सम्पर्कमा आएका ग्राहकलाई सेवा दिने गरेकाे बताए । उनलेे यसलाई स्वराेजगारकाे रूपमा लिइरहेको बताए ।

हेराैं उनलेे गरेका बाल पेन्टिङका तस्बिरहरू : 

तपाईँँलाई सेवा आवश्यक परेमा उनलाई  सम्पर्क गर्न सक्नुहुनेछ ।