प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन : थापा

मूलखबर संवाददाता
काठमाडौं, २८ साउन ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प बारे छलफल भएको भनेर सार्वजनीक मिडियामा खबर आइरहेका बेला बैठकमा सहभागि स्थायी समिति सदस्य अमृता थापा मगरले बैठकमा त्यस्तो नभएको बताइन् ।

मुलखबरसँग कुराकानी गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष समेत रहेकी नेतृ थापामगरले पार्टीमा अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको बताइन् ।
उनले प्रचण्डको विकल्पको बारेमा बहस नभएको पनि बताइन्। नेतृत्व हस्तान्तरणको उपयुक्त विधि के हुन्छ भनेर प्रचण्डले नै बहसको शुरुवात गरेको भन्दै नेतृ थापाले भनिन् अध्यक्ष प्रचण्डले माओ, लेनिका उदाहरण दिँदै नेतृत्व हस्तान्तरण र पार्टी रुपान्रणको नयाँ विधि विकास गर्नुपर्ने बहस गरिरहनुभएको छ । प्रचण्डले म सक्दीन नभन्दासम्म उहाँको विकल्प चाहियो भनेर भन्ने अवस्था नभएको बताइन् । ‘उहाँले जनयुद्धको नेतृत्व गर्नुभयो, शान्ति प्रक्रियाको सफलतासाथ नेतृत्व गर्नुभयो, राष्ट्रिय रााजनीतिमा उहाँले नेतृत्व गरिरहनुभएको छ, कम्युनिष्ट र माओवादी घटकहरुलाइ एकतावद्ध पार्न पहल गरिहनुभएको छ यस्तो वेला उहाँको विकल्प उहाँ नै हो ।’- उनले थपिन् ।

प्रचण्डले खोलेको विधिको बहसको ढोकाबाट नै स्थायी समितिमा सदस्यहरुले आफ्नो विचार राखिरहेको स्थायी समिति सदस्य थापामगरले बताइन् । उनका अनुसार पार्टी अध्यक्ष प्रचण्डले पार्टी पुननिर्माणको विकल्प नभएको र नेतृत्व हस्तान्तरणको पनि विधिको विकास गर्नुपर्ने भनाई राख्र्दै आफु नेतृत्व हस्तान्तरणको उपयुक्त विधिको विकास गर्न चाहिरहेको बताएका थिए ।

उनले अहिले स्थायी समिति बैठकमा बाहिर आएजस्तो प्रचण्डको नेतृत्वको विकल्प खोज्ने कुरा नभएको र सबैले प्रचण्डकै नेतृत्वमा पार्टी अगाडि बढ्नुपर्ने भनाई राखेको बताइन् ।

उनले जनयुद्धको नेतृत्वकर्ता, शान्ति प्रक्रियाको नेतृत्वकर्ता र समकालिन राजनीतिको नेतृत्वकर्ता भएको कारण र सक्रिय नेता भएको कारण अहिले प्रचण्डको नेतृत्वको विकल्पको बारेमा सोच्ने बेला नभएको बताइन् ।

उनले पार्टीको आन्तरिक बैठकमा हुने विचार र विधिको बसहलाई बाहिर अनावश्यक रुपमा प्रचार गर्ने र बढाइचढाई गर्ने कुराले राम्रो नहुने बताइन् । उनले स्थायी समिति बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले पनि अहिले प्रचण्डको विकल्प खोजेको नभई विधिको विकास गर्न जरुरी भएको विचार राखेको बताइन् ।

उनले पार्टीभित्र हुने छलफलबाट कोही पनि तरंगित हुन नहुने बताउँदै पार्टी प्रचण्डकै नेतृत्वमा एक ढिक्का भएर पुनिर्माणसहित सुदृढ भएर जाने विश्वास व्यक्त गरिन् ।