यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
डेंगुकाे संक्रमण बढ्दाे, तनहुँका ७५४ जना संक्रमित. मूलखबर संवाददाता काठमाडौं, २६ साउन महामारीको रूपमा बढ्दै गरेको डेंगुकाे संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७ सय ५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।. जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।. अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् ।. व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गु पुष्टि भएको छ।. तनहुँमा चार दिनअघिसम्म जम्मा ११० जनामा डेङ्गु संक्रमण थियो। पछिल्लो ४ दिनमा तीव्र रुपमा बृद्धि भएको हो।. जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गु पुष्टि भएको हो। डेङ्गु सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ ।. शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ ।.
डेंगुकाे संक्रमण बढ्दाे, तनहुँका ७५४ जना संक्रमित
मूलखबर संवाददाता
काठमाडौं, २६ साउन
महामारीको रूपमा बढ्दै गरेको डेंगुकाे संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७ सय ५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् ।
व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गु पुष्टि भएको छ।
तनहुँमा चार दिनअघिसम्म जम्मा ११० जनामा डेङ्गु संक्रमण थियो। पछिल्लो ४ दिनमा तीव्र रुपमा बृद्धि भएको हो।
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गु पुष्टि भएको हो। डेङ्गु सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ ।