मंगलबार शेयर बजार : नेप्सेमा गिरावट, काराेबारमा नयाँ रेकर्ड
लगातार बढिरहेको शेयर बजारमा नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ ।
मंगलबार सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर राेकिएकाे छ ।
नेप्से परिसूचकमा गिराबट आएतापनि काराेबारमा भने नयाँ कीर्तिमान कायम भएको छ। आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको हो।
अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।
यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।
