
यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आजको माैसम, देशभर वर्षा
यदि कतै यात्रा गर्दै हुनुहुन्छ भने माैेसमबारे जानकारी लिएर मात्रै अगाडि बढ्नुहाेला ।
यतिबेला (मंगलबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसाे धेरै भारी वर्षाको पनि सम्भावना छ।
