विद्युत महसुल तिर्नुपर्ने अडान राख्ने सञ्चालक समिति सदस्यहरू हटाइयाे

मूलखबर संवाददाता
काठमाडौं, २० साउन २०८१

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न बाँकी रहेका उद्योगीहरूकाे लाइन बक्यौता नतिरेपनि जाेड्न दिएको निर्देशन दिएपछि  तिर्नुपर्ने अडान राख्दै आएका डिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हाे ।

 

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।

सोही दिन उनीहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय भएको हो ।