अमेरिकी पुर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि गाेली प्रहार, गाेली हान्ने मारिए (भिडियो)

मूलखबर संवाददाता
काठमाडौं, ३० असार

अमेरिकी पुर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि गाेली प्रहार भएको छ । चुनावी र्यालीमा सम्बाेधन गरिरहेका बेला आइतबार बिहान उनीमाथि गाेली प्रहार भएकाे हाे ।

गाेली प्रहारबाट ट्रम्पकाे कानमा चाेट लागेको देखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएको छ ।

उनीमाथि गाेली प्रहार गर्नेलाई सुरक्षाकर्मीले मारिदिएका छन् ।