प्रचण्ड : परिवर्तनको उज्यालो पक्ष

मुक्ति प्रधान
काठमाडौं

प्रचण्ड नेतृत्वको सरकार ढल्न लाग्यो भनी खुसी हुनेहरु नेपालको राजनिति नवुझनेहरु मात्र हुन । पार्टी अध्यक्ष प्रचण्डलाई व्यक्तिगत रुपमा वुझनेहरुले मात्र रिस , राग र दोष राखेको हुन्छ । तर नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्ड परिवर्तनको उज्यालो पक्ष हो । राज्यसत्ता जनताको पक्षमा परिवर्तनको लागी उदाएको वाहक हो । प्रचण्डलाई संस्थाको रुपमा वुझनेहरुले मात्र प्रचण्डको योगदानलाई आत्मासात गर्न सक्छ ।

प्रचण्ड भनेको पुष्पकमल दाहाल भनेर व्यक्तिगत रुपमा वुझनेहरुले उनी विरुद्ध जेहाद छेर्नेहरुले प्रचण्ड जतिको नेता नेपालको भूमीमा जन्माउन फेरि कठिन हुनेछ । उत्पीडीत , गरीब , शोषीत पीडीत जनतालाई सत्ता र राज्यको नीति निर्माणको तहमा लाने विचार वोक्नेहरु सवै माओवादीहरु प्रचण्ड हुन भनी वुझन जरुरी छ ।

नेपालमा विकसीत माओवादी विचारले नेपालको ससदवादीहरु परास्त भएकै हुन । १२ वुंदे समझदारीले त्राण पाएका यी पुराना ससदवादी पार्टीहरुको कुनै नयां लक्ष्य र योजना छैन । यही भद्रगोल व्यवस्था भित्रै रमाउनु वाहेक उनीहरुको अरु विकल्पै छैन । २०४६ साल देखी आज सम्म यीनीहरुले जानेकै सरकार वनाउने , सरकार गिराउने सत्ताको लिप्सा ओट्ने । माओवादी वृहद शान्ती सम्झौता पछि जुन जनमत प्राप्त गरेको थियो । त्यो जनमत विभिन्न कारणले क्रमशः घटदै गयो ।

जनताको पक्षमा वलिदान दिने पार्टी सत्तारोहणमा प्रवेश गर्दा थोरबहुत मपाईको कारणले जनताको बीचमा जान अल्छी भएकै हो । यो अवधिमा माओवादीले कुनै जनविरोधि काम गरेको छैन । आफुले गरेको सकारात्मक कामको विवरण पनि जनतामा लान सकेन । पार्टी फुट, नेताहरु तितर वितरको कारणले अन्य नेता कार्यकर्तामा निराशको भावना पैदा भएकै हो । यो सत्य विषय हो । तर माओवादी विचार , सिदान्त , राजनिति र ऐतिहासीक कार्यभारबाट पछाडी हटेको छैन । हट्नेवाला पनि छैन । यीनीहरु सिध्दिए भन्ने भ्रममा नपर्नु , अव माओवादीले प्रतिपक्षको भूमीका खेल्ने ठूलो अवसर आएको छ ।

शान्ति प्रकृया पछिको महान जिम्मेवारीमा माओवादी पुगेको छ । समाज परिवर्तन , जनताको जिवन परिवर्तन माओवादीको मुख्य लक्ष्य हो । जनताको हितमा काम गरेर जनतालाई लाई खुसी पार्न सके फेरी २०६४ साल माओवादीको लागी आउँछ । त्यो आएको वेला माओवादी नफुर्कौ , आफनै सहयोद्धाहरुलाई नविर्सौ , जनतामा जान नछोडौं ।

वलिदानको उपलब्धी जनतामा बाँडौं । जनतालाई सहि कुरा वुझाउन नछोडौ । गहु र गुण राम्ररी चिनौ । नेपाली श्रमजीवि जनताको जिवन परिवर्तन र सम्वृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी ईतिहासले फेरि माओवादीलाई नै दिएको छ । अरुले संविधान मानोस नमानोस माओवादीले यो शान्तिपूर्ण सक्रमणवाट नेपाललाई सम्वृद्ध समाजवादी वाटोमा अगाडी वढाऔ । नेपाल जनताले माओवादीलाई निश्चीत रुपमा साथ दिने छ ।
२०८१ आषाढ २० गते विहिवार , काठमाण्डौ