एमालेले डाक्याे सचिवालय बैठक, के गर्ला निर्णय ?

मूलखबर संवाददाता
काठमाडौं, १८ असार

नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। राजनीतिक समिकरण बदलिएको चर्चा भइरहेको बेला दिउँसो ३ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा कांग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल हुने ज्ञवालीको भनाइ छ। उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल हुनेछ।

उपमहासचिव ज्ञवालीले नयाँ सरकार गठनको प्रक्रिया पनि आजैबाट अघि बढ्ने बताए।

यसअघि कांग्रेस र एमालेबीच सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ। नयाँ सरकार बनाउने सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिपत्रमा हस्ताक्षर भए पनि सार्वजनिक भने भएको छैन।

सहमति अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् र चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन्।