महासंघमा आबद्ध अस्पताल,क्लिनिक र स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिका लागि श्रमाधान मेलामा आउनेहरूको विवरण समेत संकलन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
श्रमाधान मेलामा आएर आफ्नो विवरण बुझाएका युवाहरूलाई आवश्यकता अनुसार महासंघमा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उनीहरूको योग्यताबमोजिमको रोजगारीका लागि बोलाइने उनले बताए । स्वास्थ्यकर्मी तथा लेखालगायतका कर्मचारीले ती संस्थामा रोजगारी पाउने भएका छन् ।