भारतको प्रधानमन्त्रीमा तेश्रो कार्यकालका लागि मोदी नियुक्त, भोली सपथ

मूलखबर संवाददाता
काठमाडौं, २६ जेठ

दक्षिणी छिमेकी देश भारतको प्रधानमन्त्रीमा तेश्रो कार्यकालको लागि नरेन्द्र मोदी नियक्त भएका छन् । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका हुनन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई शुक्रबार साँझ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेकी हुन् ।

भारतीय जनता पार्टी भाजपाका नेता रहेका मोदीले भोली आइतबार अर्थात जुन ९ को साँझ ऐतिहासिक तेस्रो कार्यकालको लागि सपथ लिनेछन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो ।

निर्वाचनमा भाजपाले ५४३ मध्ये २ सय ४० सिटमा विजय हासिल गरेको थियो भने भाजपाको गठबन्धनले २ सय ९३ सिट ल्याएको थियो । भने विपक्षी गठबन्धनले २ सय ३४ सिटमा विजय हासिल गरेको थियो ।