
भारतमा मोदी फेरी प्रधानमन्त्री बन्दै, एनडिए गठबन्धन बन्यो कमजोर
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरी प्रधानमन्त्री बन्ने भएका छन् । भारतीय जनता पार्टीको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा विजय हाँसिल गरेपछि मोदी फेरी भारतको प्रधानमन्त्री बन्ने भएका हुन् ।
डेढ महिना लगाएर सम्पन्न भएको निर्वाचनमा मोदी र्नेृतत्वको सत्तारुढ एनडिए गठबन्धनले २ सय ४० सिटमा विजय हासिल गरेको थियो भने विपक्षी गठबन्धनले २ सय ३४ सिटमा विजय हासिल गरेको थियो ।
अपेक्षाकृत रुप्मा कम स्थानमा जित हाँसिल गरेतापनि मोदीले तेश्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने निर्णय लिइसकेका छन् । उनले शनिवार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
