केशव नेपालको कृति ‘आमालाई चिठी’ प्रधानमन्त्री प्रचण्डद्वारा लोकार्पण

मूलखबर संवाददाता
काठमाडौं, १७ जेठ

साहित्यकार तथा राजनीतिक व्यक्तित्व केशव नेपालको साहित्यीक कृति आमालाई चिठी सावर्जनीक भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका नेपालको कृतिको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनीक गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले जनसाँस्कृतिक महासंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटनको अवसरमा नेपालको कृति लोकार्पण गर्नुभएको हो ।

प्रज्ञाभवन कमलादीमा बिहीबार आयोजित महासंघको राष्ट्रिय सम्मेलनमा कृति विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले कृतिले जनयुद्धको कष्टसाध्य अवस्थामा पनि कसरी जनताले र कार्यकर्ताले क्रान्तिको पक्षमा अगाडि वढेका थिए भन्ने विषयलाई उजागर गर्दै निरन्तर क्रान्तिलार्य जारी राख्ने विषयमा महत्वपूर्ण सन्देश दिएको र पुस्तक धेरै महत्वपूर्ण रहेको प्रतिक्रिया प्रधानमन्त्रीले दिनुभएको लेखकले जानकारी दिनुभयो ।
जनयुद्धकालामा मुना भन्ने पात्रले आमालाई लेखेको पत्रहरुमा आधारित भएर लेखिएको प्रगतिवादी चिठी साहित्य भएको लेखक नेपालको भनाई छ । उहाँका अनुसार पुस्तकमा महिलाले सैन्य व्यारेकमा गरेको प्रतिरोध र जनयुद्ध लडिरहेका छापामार र कार्यकर्ताहरुलाई उर्जा थप्ने भाव रहेको छ ।