यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कैलाश सिरोहिया सुविधासम्पन्न अस्पतालमा भर्ना. मूलखबर संवाददाता काठमाडौं कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जनकपुरको सुविधासम्पन्न काव्या अस्पतालमा भर्ना भएका छन्।. नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिएका छन्।. स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो।. एसपी तिवारीका अनुसार काब्या अस्पतालमा सिरोहियालाई राति १० बजे पुर्याइएको थियो। सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। ‘त्यहाँ उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो।. ‘मुटुमा समस्या भएर लगिएको हो। हिजो नै विभिन्न परीक्षणहरू भए। आज पनि केही परीक्षणहरु गरिएको छ। रिपोर्ट आउन बाँकी छ,’ अस्पतालका एक डाक्टरले भने।. सिरोहियामाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।.
कैलाश सिरोहिया सुविधासम्पन्न अस्पतालमा भर्ना
मूलखबर संवाददाता
काठमाडौं
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जनकपुरको सुविधासम्पन्न काव्या अस्पतालमा भर्ना भएका छन्।
नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो।
एसपी तिवारीका अनुसार काब्या अस्पतालमा सिरोहियालाई राति १० बजे पुर्याइएको थियो। सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। ‘त्यहाँ उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो।
‘मुटुमा समस्या भएर लगिएको हो। हिजो नै विभिन्न परीक्षणहरू भए। आज पनि केही परीक्षणहरु गरिएको छ। रिपोर्ट आउन बाँकी छ,’ अस्पतालका एक डाक्टरले भने।
सिरोहियामाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।