
क्रिकेटर सन्दीपले पाएनन् अमेरिकाको भिसा
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाउन सकेनन् । उनलाई भिसा दिन अमेरिकी दुतावासले अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन्।
बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।
ुनेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्योु, लामिछानेले फेसबुकमा भनेका छन्, दुर्भाग्य१ अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।
यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।
लामिछानेले केही दिन अघिमात्रै बलत्कार मुद्धामा पुनरावेदन अदालत पाटनबाट सफाई पाएका थिए । तर उनले सफाइ पाएकोमा जनमानसमा मिश्रीत प्रतिक्रिया आएको थियो केहीले उनलाई न्याय पाएकोमा बधाई दिएका थिए भने केहीले गौशाला २६माथि अन्याय भएको भन्दै विरोध गरेका थिए ।
