
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गरेका थिए ।
