निर्जिवनका १४ कम्पनीले उठाए २९ अर्ब, अझै छैनन् सन्तुष्ट

मूलखबर संवाददाता
काठमाडौं, २७ बैसाख

निर्जीवन बिमा व्यवसाय गरिरहेका १४ कम्पनीले चालू आर्थिक बर्ष ०८०–८१ को चैत मसान्तसम्म २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क उठाएका गरेका छन् । यो रकम गत आव ०७९–८० को सोही अवधिको तुलनामा ०.०६ प्रतिशतले कम हो ।

आर्थिक शिथिलता कारण पछिल्लो दुई वर्षयता निर्जीवन बिमाको वृद्धिदर सन्तोषजनक छैन । दुई बर्षअघि ०७८/७९ मा निर्जीवन बिमा अघिल्लो बर्षको तुलनामा २३.५६ प्रतिशतले बढेको थियो । त्यसयता भने निर्जिवन बिमा शुल्क संकलन ओरालो लागेको हो ।

गत आव ०७९/८० को चैत मसान्तसम्म २.६६ प्रतिशतले मात्रै बृद्धि भएर ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ संकलन भएको थियो । अर्थतन्त्रमा सुधार हुन नसक्दा यो बर्ष निर्जिवन बिमा क्षेत्र झन् खस्किएको बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताएकाे खबर नयाँ पत्रिकामा छ ।