
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।
रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि जम्कट्टेललाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।
रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।
