यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे. कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ: सभामुख घिमिरे. मूलखबर संवाददाता काठमाडौं प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।. सभामुख घिमिरेले सुनसरीको बराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्र बर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्नुहुदै उहाँले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गर्नुभयो ।. नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पुगाएको चर्चा गर्नुहुँदै उहाँले पर्यटन विकासमा योगदान पुगेको चर्चा गर्नुभयो । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार–प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो ।. जगदगुरु अनन्तश्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई कुम्भ मेलाका लागि सरकारी तवरबाटै बजेट छुट्याउने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।. कुम्भको नाममा अक्षयकोष स्थापना गरी अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाइदिन पनि उहाँले आग्रह गर्नुभयो ।.
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे
मूलखबर संवाददाता
काठमाडौं
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
सभामुख घिमिरेले सुनसरीको बराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्र बर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्नुहुदै उहाँले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पुगाएको चर्चा गर्नुहुँदै उहाँले पर्यटन विकासमा योगदान पुगेको चर्चा गर्नुभयो । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार–प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो ।
जगदगुरु अनन्तश्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई कुम्भ मेलाका लागि सरकारी तवरबाटै बजेट छुट्याउने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।
कुम्भको नाममा अक्षयकोष स्थापना गरी अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाइदिन पनि उहाँले आग्रह गर्नुभयो ।