
काठमाडौँ महानगरले देशैभरका बिरामीको निःशुल्क उपचार गर्ने
काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ ।
काठमाडौँ महानगरवासी मात्र नभएर देशैभरका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको हो ।
यसका लागि महानगरको निःशुल्क टेलिफोन नम्बर ११८० मा कल गरेर थप जानकारी समेत लिन सकिने काठमाडौँ महानगर स्वास्थ्य विभागले जनाएको छ ।
