कर्णाली प्रदेशका आयोजनाको अनुगमनमा पूर्वाधार विकास समितिका सांसदको टोली

मूलखबर संवाददाता
सल्यान, १० बैसाख

प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिका सांसदहरुको एक समुह कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमनमा निस्केको छ । पुर्वाधार विकास समितिका सदस्य ऐनवहादुर शाहीको संयोजकत्वमा रहेको टोलीले नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने जनाइएको छ । टोलीले सल्यानमा सरकोकारवालाहरुसँग अन्तरक्रिया गरेर रिपोर्टिङ लिइसकेको छ । अनुगमनमा पुर्व मन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य उर्मिला माझी, मैना कार्कीलगायत रहनुभएको छ ।

संयोजक शाहीले कर्णाली प्रदेशमा पूर्वाधार निर्माणलाई सरकारले प्रथामिकता दिनुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशमा सडक लगायतमा पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन सकेको छैन । अव गरिने विकासमा कर्णालीलाई प्राथमिकतामा राखिनुपर्दछ ।’

सल्यानमा आयोजीत सरोकारवालाहरुका विचमा भएको जिल्लामा निर्माधिन राजमार्ग सडकको अवस्थामा विषयमा भएको छलफलमा संयोजक शाहीले यस अघिका सरकारले अघि सारेका विकास आयोजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने वताउनुभयो । उहाले भन्नुभयो ‘ प्रदेश र जिल्लामा सञ्चालनमा रहेका गौरवका पूर्वाधारका योजनामा ध्यान नदिएर अहिलेको सरकारले योजना अलपत्र पार्न खोजेको छ । यो राम्रो कार्य होईन । मन्त्री सरकार फेरिदैमा आयोजनामा असर पर्नु हुदैन ।’

पूर्व मन्त्री तथा विकास समितिका सदस्य प्रकाश ज्वालाले छनौटमा परेका विकास निर्माणका योजना कार्यान्वयमा ढिलाई हुनुले जनतामा निराशा वढेको वताउनुभयो । उहाले भन्नुभयो‘ विभिन्न योजनामा वजेट छ । टेन्डर भएको छ । तर कार्यान्वयनमा प्रभावकारीता छैन । यसलाई सुधार गर्न सवैले पहल लिनुपर्दछ। ’

सल्यानमा सञ्चालनमा रहेका मदनभण्डारी राजमार्ग, राप्तीराजमार्ग सहित कर्णाली प्रदेशमा निर्माधिन मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोर लगायतका सडकमा भैरहेको कामको अनुगमन गरि स्थलगत रिपोर्ट तयार गरी विकास समिति, सम्वन्धीत मन्त्री र मन्त्रालयलाई वुझाईने अनुगमन समितिका सदस्य उर्मिला माझीले जानकारी दिनुभयो । उहाले भन्नुभयो‘ सडक पूर्वाधारका कामलाई छिटोछरितो र गुणस्तरीय वनाउन समितिको तर्फवाट ध्यानाकर्षण गराउँछौ ।

कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हुदैमा सञ्चालित गौरवका आयोजनामा प्रभावित हुन नहुनेमा जोड दिएका छन् । राप्ती राजमार्ग र मदनभण्डारी राजमार्गमा आवश्यक वजेटको स्रोतको सुनिश्चिता भएपनि सरकार फेरवदल हुदैमा टेण्डर नभएको गुनासो गरेका थिए । कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान र रुकुमका लागि जीवन (लाईफ लाईन)को रुपमा रहेको राप्ती राजमार्गको काममा ढिलाई भएको वताउनुभयो ।

उहाले भन्नुभयो ‘ ठेक्का टेण्डर भएको लामो समयम भएपनि काममा किन ढिलाई भएको छ । यसलाई छिटो कार्यान्वयन गर्न सम्वन्धी निकायले ध्यान दिनुपर्दछ । ’ कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले अघि वढेका आयोजनाको काम रोक्न नहुने बताउनुभयो ।
तस्बिर : प्रतीक इच्छुक शर्मा सल्यान