वाणिज्य बैंकमा घट्यो निक्षेपको व्याजदर

मूलखबर संवाददाता
काठमाडौं, १ बैसाख २०८१

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । उनीहरुले औसत ०.२९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका हुन् । १ वैशाखदेखि घट्ने नयाँ ब्याजदर पनि शुक्रबार सार्वजनिक गरिएको छ । कुल २० वाणिज्य बैंकमध्ये १२ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने पाँच बैंकको ब्याजदर यथावत् छ । एभरेष्ट र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन् । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार हुन नसकेर अधिक तरलता व्यहोरिरहेका बैंकहरूले ब्याजदर घटाएका हुन् ।

वैशाखका लागि वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर न्यूनतम ५.६९१ र अधिकतम ६.९६४ प्रतिशत रहनेछ । यस्तै साधारण निक्षेपको ब्याजदर पनि ११ वटा बैंकले घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । जसअनुसार वैशाखमा वाणिज्य बैंकहरूमा साधारण बचतको औसत ब्याजदर न्यूनतम ३.४५६ र अधिकतम ४.९४६ प्रतिशत कायम हुनेछ ।

योसँगै वैशाखमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६।९६४ प्रतिशत कायम हुनेछ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएको, तीन वटाले बढाएको र चार वटाले स्थिर राखेका छन् ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेका बेला अधिकांश बैंक तथा वित्तीय संस्थाले वैशाखका लागि निक्षेपको ब्याज घटाएका हुन् । ब्याजदर बढाउने बैंकहरूले पनि सीमान्त दरमा मात्र बढाएको देखिन्छ । जसअनुसार चैतको तुलनामा वैशाखमा कृषि विकास, एभरेस्ट र एनएमबी बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने नबिल, इन्भेस्टमेन्ट मेगा, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । बाँकी १३ वटा बैंकमा चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले शुक्रबार आगामी वैशाखका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अहिले बैंकहरूको मुख्य समस्या कर्जा माग घट्नु र निष्क्रिय कर्जा ९एनपीए० बढ्नु रहेको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

यस्तै, ०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७, विकास बैंकहरूको १०.७१ र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । सोही समय वाणिज्य बैंकहरूको औसत आधार दर १०.६४ प्रतिशत थियो । ०८० फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७४, विकास बैंकहरूको ७।९३ र वित्त कम्पनीहरूको ९.१३ प्रतिशत छ । ०७९ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर ०८० फागुनमा वाणिज्य बैंकहरूको १०.७८, विकास बैंकहरूको १२.५२ र वित्त कम्पनीहरूको १३.६१ प्रतिशत रहेको थियो । ०७९ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो ।

गत वर्षको साउनदेखि फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोडले बढेको छ । यो ७.६ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड ९५।५ प्रतिशत० ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत थियो । गत वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत थियो ।