‘द रेड सुटकेस’ चैत ३० गतेबाट रिलिज हुँदै

मूलखबर संवाददाता
काठमाडौं

अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा सर्वाधिक चर्चापाएको ‘द रेड सुटकेस’ चलचित्र यही ३० चैत शुक्रबारबाट प्रदर्शनमा आउदैछ ।
चलचित्रको बुधबारबाटै अग्रिम टिकट खुल्ला गरिएको छ । चलचित्र नेपालमा क्युएफएक्स चेनका सिनेमा घर बाहेक बाँकी सबै हलमा रिलिज हुने यसका निर्माता रामकृष्ण पोखरेलले बताएका छन् ।
चलचित्रको मँगलबार काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्र काठमाडौं उपत्यकाको बिग मूभिज, आईएनआई सिनेमा लोत्सेमल, एफक्युव सिनेमा चावहिल, वान सिनेमा बानेश्वर, रञ्जना सिनेप्लेक्स, बिएसआर मूभिज गोँगबु लगाएत हलमा प्रदर्शन हुने निर्माता पोखरेलले बताएका छन् ।

विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भई अन्य फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अवसर पारेर दर्शकमाझ ल्याउन लागिएको निर्माता पोखरेलले बताएका छन् ।

चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ । श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशक गरेका हुन् । चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ ।

चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।