नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’को गीत रेकर्डिङ सुरु

मूलखबर संवाददाता
काठमाडौं

नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’को गीत रेकर्डिङ सुरु गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधानको निर्देशन बनेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को गीत रेकर्डिङ सुरु गरिएको हो ।

दिपक शर्माको शब्द संगित रहेको गीतमा अस्मिता अधिकारी र सविन सुवेदीले श्वर भरेका छन् । गितको संगित संयोजन श्याम श्वेत रसाईलीले गर्नु भएको छ । आठ देशका कलाकारलाई लिएर छायांकन सुरु गरिएको चलचित्रको गीतको नृत्य निर्देशन कबिराज गहतराजले गर्दै हुनुहुन्छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो सिनेमाले विदेशमा रहेका नेपालीभाषीको कथावस्तुलाई उठान गरेको छ । सिनेमाले नेपाली भाषा, साहित्य, कला, इतिहास र महत्वलाई दर्शाउनेखालको रहेको छ ।
ज्ञानबहादुर प्रधानले निर्माण गर्ने यस चलचित्र २ चरणमा छायांकन गरिएको छ । पहिलो चरणमा नेपालको झापा, इलाम र भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगालमा छायांकन गरिएको थियो । सिनेमामा रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशीको अभिनय रहेको छ ।

यस्तै दोश्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकमा कलाकार समावेश गरि छायांकन गरिएको छ ।

शिवम् अधिकारीको पटकथा रहेको सिनेमामा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समीर मियाको भीएफएक्स, कविराज गहतराजको नृत्य रहेनछ । मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेलको छ ।