
सबै मिलेर लमजुङ समृद्ध बनाओैं – सांसद माझी
प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सबै मिलेर लमजुङलाई समृद्ध बनाउन अपिल गरेकी छिन् । ८ ओैं लमजुङ महाेत्सवकाे उदघाटन कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्वाेधन गर्दै सांसद माझीले लमजुङ प्राकृतिक रूपले सुन्दर, मनमाेहक र प्राकृतिक साधन श्राेतले धनी भएकाे र त्यसलाई उचित ढंगबाट उपयाेग गर्न सक्दा लमजुङ समृद्ध बन्न सक्ने बताइन् ।
उनले लमजुङको विकासमा सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, पत्रकार, उद्योगी व्यवसायी र जनसमुदायको एकतावद्व पहल र ऐक्यबद्धता आवश्यक रहेकाे बताइन् ।
लमजुङ उद्योग वाणिज्य संघको आयाेजनामा भएको महाेत्सव तथा लमजुङ भ्रमण वर्ष उदघाटन कार्यक्रममा उनलेे लमजुङकाे विकासमा जलश्राेत, पर्यटन, कृषि, जडिबुटी र सांस्कृतिक क्षेत्रहरूकाे महत्त्वपूर्ण याेगदान हुने बताइन् ।
