नमाेबुद्व क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्न सांसद दाेङकाे माग

मूलखबर संवाददाता
काठमाडौं, १८ चैत

प्रतिनिधिसभाका सदस्य सुर्यमान दाेङ लालध्वजले काभ्रेको नमाेबुद्व क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्न माग गरेका छन् ।

प्रतिनिधिसभाकाे आइतबारकाे बैठककाे शून्य समयमा भाग लिँदै काभ्रे जिल्लाबाट निर्वाचित सांसद बनेका पुर्व राज्यमन्त्रीसमेत रहेका दाेङले काभ्रेको नमाेबुद्व क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्ने विषयमा सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

त्यसैगरी उनले विहान उठ्दा बित्तिकै सडक दुर्घटनामा नागरिकको जीवन गुमेकाे खबरले जनमानस आक्रान्त हुने गरेकाे दृष्टान्त सुनाउँदै सडक दुर्घटना कम गर्न सरकारले प्रभावकारी कदम चाल्न सुझाव दिए । उनले दुर्घटना न्युनिकरणकाे लागि खाल्डाखुल्डी पुर्न पनि माग गरे ।