चैत्र २४ गते वितरक महासंघको साधारणसभा हुँदै, यस्तो छ तयारी

मूलखबर संवाददाता
काठमाडौं, १२ चैत

नेपाल वितरक महासंघको १२ औं साधारणसभा चैत्र २४ गते हुने भएको छ ।
उक्त साधारणसभाको लागि तयारी कार्य अघी बढिसकेको नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले बताएका छन् । साधारणसभा काठमाण्डौ बुढानिलकण्ठस्थित पाँचतारे होटल ‘लेमन टि प्रिमियर’मा सम्पन्न हुने छ ।
साधारणसभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता एवं नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तको सभापतित्वमा सम्पन्न हुनेछ ।
नेपालका ४२ जिल्लाका जिल्ला संघहरु सदस्य रहेको महासंघले अधिवेशनको लागि रजिष्ट्रेसन शुरु गरिसकेको छ । हाल सम्म करिब १ सय प्रतिनिधिहरुको रजिष्ट्रेसन गरिसकेको जानकारी महासचिब राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

साधारणसभामा देशभरबाट गरी करिब २ सय प्रतिनिधिहरुको सहभागिता रहनेछ । साथै विभिन्न क्षेत्रमा संलग्न ब्यवसायी एव सामाजिक प्रतिष्ठित व्यक्तिहरुको समेत उक्त कार्यक्रममा सहभागिता रहने महासंघले जनाएको छ ।

नेपाल वितरक महासंघ नेपालमा उत्पादन भएका एवं बाह्य बजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरु समेटिएको एक मात्र अभिभावकीय संस्था हो ।