आउनुस् मुर्दाहरूलाई राम्ररी पुराैं ! (कविता)
धर्मेश पाेखरेल-
गड्डा मुर्दा
_________
मुर्दाहरूको दिमाग हुदैन
न त हुन्छ संवेदनशीलता
हुन्छ त केवल कंकालैकंकाल
खाल्टोमाथि उठ्नेसम्म तागत हुदैन
त्यहिपनि तर्साइ रहन्छन्
सडेर गलिसकेका कंकालहरू गन्हाईरहन्छन
समाजमा दुर्गन्ध फैलाई रहन्छन्
दुर्घन्तित कंकालहरूलाई जमिनमुनि नगाडेसम्म
मानिसको समाज अगाडि बढदै बढ्दैन
आजको समय मानिसहरूको हो
होईन मुर्दाहरूको
त्यसैले मुर्दाहरूलाइ ठेगान नलगाई
दुर्गन्धहरूलाइ नहटाई
समाज अगाडि बढदै बढ्दैन
मुर्दाहरूको कुनै देश हुदैन
त्यसैले त उडेर सिमा पारिसम्म पुग्छन्
त्यताको असाध्यै दुर्गन्ध हावा सँगै बोकेर आउँछन्
जताततै पस्छन् र मानिसलाई बौलाहा बनाउँछन्
तेसैले त ती बौलाहाहरू असाध्यै भुक्छन्
भुस्याहा कुकुरहरू के भुक्छन् ती भन्दा अति ज्यादा भुक्छन्
ती भुस्याहा कुकुर र मुर्दाहरूलाइ
एउटै खाल्टोमा नपुरन्जेल मानीसहरूलाई बिमारी बनाईरहन्छन्
मुर्दाहरूको पेट हुदैन त्यहीपनि ट्रकका ट्रक पैसा खान्छन्
कहिले नदी कहिले जमीन कहिले जहाज कहिले तेल कहिले कोरोनाको औषधी नै गराइदिन्छन्
मुर्दाहरू पनि बिचित्रका हुँदा रहेछन्
जति खाएपनि कहिल्यै अघाउदैनन्
तेसैले ए मानिसहरु हो, आउनुस्
ती दुर्गन्धित किटाणुहरूलाई एउटै
खाल्टोमा राम्ररी पुरौँ।
,,,,,,,,,,,,
(पोखरेल प्रगतिशील साहित्यकार हुनुहुन्छ ।)