
सांसद विनोद चौधरीमाथि बाँसबारी जग्गा किर्ते सम्वन्धमा बयान शुरु
सांसद विनोद चौधरीमाथि बाँसबारीको सरकारी जग्गा किर्ते ठगी गरेको सम्बन्धमा सीआइबीले बयान लिन शुरू गरेको छ।
बाँसबारीको सरकारी जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विनोद चौधरीसँगबिहीबार बिहान बयान लिनको लागि पत्राचार गरेपछि बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए।
त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।
सीआईबीले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र बुधबार मात्रै सभामुखलाई पठाएको थियो।
चौधरीकै अगुवाइमा २०४३–२०४४ सालमा यो सरकारी जग्गा उनको परिवारले हात पारेको र पछि यसलाई निजी सम्पत्ति बनाइएको प्रकरण उकालोले उजागर गरेको थियो।
