नेप्से परिसूचकमा वृद्धि, २०७३.५३ को विन्दु कायम

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ३.२७ अंकले बढेर दुई हजार ७३.५३ को विन्दुमा कायम भएको छ।

आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर ५३ हजार दुई सय ५६ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ।

बैंकिङ समूह ०.०३, लगानी समूह ०.४६, उत्पादन तथा प्रशोधन ०.८२ र निर्जीवन बिमा समूह ०.१० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह १.३० र वित्त समूह १.०८ प्रतिशतले बढेको छ।

गुर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.१५ प्रतिशतले घटेको छ।

कारोबार रकममा आधारमा गुर्खाज फाइनान्स लिमिटेडको रु. २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ६ लाख ४२ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच भनेको छ।