पाँचौं पटक रुसी राष्ट्रपति बने पुटिन, पश्चिमाको डटेर सामाना गर्ने क्षमता भएका एक मात्र नेता

मूलखबर संवाददाता
काठमाडौं

भ्लादिमर पुटिन पाँचौं पटक राष्ट्रपति बनेका छन् । तीन दिनसम्म चलेको मतदान प्रकिया सकिएसँगै पुटिन नयाँ कार्याकालका लागि निर्वाचित भएको घोषणा गरिएको हो।

तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् ।

पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्छन्। वास्तवमा, २०१८ को चुनावसम्म रूसमा कुनै पनि राष्ट्रपति लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति रहन नसक्ने संबैधानिक ब्यवस्था थियो । यही कारणले सन् २००० देखि २००८ सम्म राष्ट्रपति भइसकेपछि पुटिनले सन् २००८ मा राष्ट्रपतिको चुनाव लडेका थिएनन् ।

यस पछि उनी सन् २०१२ मा रुसमा फेरि सत्तामा आए । तर, पुटिन सन् २००८–१२ सम्म रुसका प्रधानमन्त्री थिए । तर, हालै संसोधन भएको नयाँ कानुन अनुसार भने पुटिनले लगातार दुई कार्यकाल पूरा गरेपछि पनि चुनाव लड्न सक्ने छन् ।

सन् २०१८ को चुनावमा पुटिनले ७६।७५ भोट पाएका थिए भने कम्युनिष्ट पार्टीले ११.८५ भोट प्राप्त गरेका थिए । तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन बिरूद्द युद्द जारी राखेर उनले राष्ट्रियता बलियो बनाएको र अमेरिकासहित पश्चिमासँग डटेर सामाना गर्ने क्षमता पुटिनसँग मात्रै भएको रूसी जनताको विश्वास देखिन्छ ।

रुसले नियन्त्रणमा लिएका युक्रेनी भूमिहरू जपोरिज्या, खेअरसन, डोनेट्स्क र लुहान्स्क क्षेत्रमा पनि रुसले मतदान गराएको थियो।

कतिपय विश्लेषकहरूले सन् २०३६ सम्म पुटिन सत्तामा बसिरहन सक्ने आकलन गर्दै आएका छन्। यसअघि सन् २०१८ मा भएको चुनावमा उनले ७६ प्रतिशत मत पाएका थिए।

रुसी फेडेरेशनका राष्ट्रपति बोरिस येल्त्सिनले सन् १९९९ मा पुटिनलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।