मिर्गौला दिवसमा ओेलीकाे सन्देश : मिर्गौला जाेगाउन आफैं सचेत बनाैं

मूलखबर संवाददाता
काठमाडौं, १ चैत

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले मिर्गौला जाेगाउन आफैं सचेत बन्नुपर्ने बताउनुभएको छ । विश्व मिर्गौला दिवसमा  सामाजिक सञ्जालमा एक जनचेतनामूलक सन्देश जारी गर्दै ओेलीले आफू मिर्गौला प्रत्यारोपण गरेको अनुभवसहित प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको बताउनुभएको छ । `डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ´ ओेलीले अगाडि  भन्नुभएको छ-

मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !

हेराैं ओेलीकाे स्टाटस-

शुभ बिहानी !
आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु।
हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !