योगासन टिप्सः एउटा यस्तो आसन जसले तपाईंलाई सधैं स्वस्थ र जवान राख्छ

मूलखबर संवाददाता
काठमाडौं

आफ्नो पिठ्युँमा सुत्नुस् र घुँडा झुकाउनुहोस्। खुट्टाहरू नितम्बको नजिक हुनुपर्छ। दुवै हातलाई उल्टो राखेर काँधको पछाडि केही दुरीमा राख्नुहोस् ताकि सन्तुलन कायम रहोस्। सास फेर्नुहोस् र आफ्नो छाती र पेट उठाउनुहोस्। बिस्तारै हात र खुट्टालाई नजिक ल्याउने प्रयास गर्नुहोस्, ताकि शरीरको आकार गोलाकार बनिरहोस्। आसन छोड्दा शरीरलाई आराम गर्दै भुइँमा आराम गर्नुहोस्। यो ३-४ पटक गर्नुहोस्।

यसलाई भनिन्छ चक्रासन । चक्रासन गर्दाका फाइदा के के छन् त-

१. तनाव कम गर्न सहयोगी हुन्छ ।

२. शरीरको बोसो कम गर्न मद्दत गर्छ ।

३. शरीरको मांसपेशीलाई बलियो बनाउने काम गर्छ ।

४. चक्रासन गर्दा भोक बढ्छ साथै पेट तथा आन्द्राहरुलाई सक्रिय बनाउँछ ।

५. कम्मरको पीडा, श्वास रोग, टाउको दुख्ने, आँखाका विकारहरु, सर्वाइकल तथा स्पोंडोलाईटिसमा यो आसन विशेष लाभदायक छ ।

६. तपाईंको ढाडको हड्डीलाई लचिलो बनाएर बुढोपन आउन दिँदैन ।

७. शरीरमा स्फूर्ति, शक्ति तथा तेजको वृद्धि गर्दछ ।

८. तपाईंको मेटाबोलिज्म बढ्छ साथै महिलाहरुको गर्भाशयको विकारलाई हटाउँछ ।

हालै मात्र बलिउड अभिनेत्री अनुश्का शर्माले इन्स्टाग्राममा साझा गरेका व्यायाम तथा योगका तस्वीरमा चक्रासन गरेको तस्वीर पनि छ । जीमसँगै उनले योगलाई पनि त्यत्तिकै महत्व दिएको देखिन्छ ।