कलेजो स्वास्थ राख्न अपनाउनु पर्ने नियमः यी कुरा खानुस्, यी खाँदै नखानुस्

मूलखबर संवाददाता
काठमाडौं

कलेजो हाम्रो शरीरको एउटा महत्त्वपूर्ण अंग हो । कलेजो खराब भयो भने कैयौं प्रकारका समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।

कलेजो खराब हुनुका पछाडि खराब जीवनशैली र खानपानको एकदमै ठूलो हात हुन्छ । यदि, तपाईं पनि फ्याटी लिवरको समस्यामा हुनुहुन्छ भने यहाँ जानौं यसबाट छुट्कारा पाउनका लागि के खाने के नखाने भनेर।

कलेजो स्वस्थ राख्न खानुपर्ने चिज

१- ओट्स– ओट्समा डाइट्री फाइबर पाइन्छ । यसलाई खाँदा तपाईं लामो समयसम्म भरिएको महसुस गर्नुहुन्छ । यसमा फ्याट कम हुन्छ भने फाइबरको मात्रा धेरै हुन्छ । यसलाई नास्तामा खाने गर्दा तौल कम गर्न पनि फाइदा पुग्छ ।

२- एभोकाडो– एवोकाडोमा अनस्याचुरेटेड फ्याट पाइन्छ । यसबाहेक यसमा ओमेगा–३ फ्याटी एसिडको पनि राम्रो स्रोत मानिन्छ । यसलाई खाने गरेमा फ्याटी लिवरको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

३- तोफू– टोफू सोयाबाट बनेको हुन्छ र यो लिवरका लागि एकदमै राम्रो मानिन्छ । यसले लिवरमा जमेको बोसोलाई कम गर्न सहयोग गर्छ ।

४- लसुन– फ्याटी लिवरबाट छुट्कारा पाउनका लागि लसुन पनि एकदमै राम्रो विकल्प हो । यसबाहेक लसुन तौल कम गर्न पनि सहयोगी हुन्छ ।

५- तरकारी– आफ्नो खानपानमा हरियो तरकारी तथा सागहरू समावेश गर्नुहोस् । यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न बिरामीहरू निको पार्छ । धेरै हरियो तरकारीको सेवन गर्दा मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।

६- फलफूल– सुन्तला, अंगुर जस्ता अमिलो फलहरू पनि लिवरमा जमेको बोसो कम गर्नका लागि एकदमै फाइदाजनक हुन्छ । यस्ता फलमा भिटामिन सी एकदमै धेरै पाइने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ । साथै यसमा पाइने एन्टीअक्सीडेन्ट तत्वले लिवरलाई ड्यामेज हुनबाट जोगाउँछ ।

यस्ता चीज नखाने

चिनी– चिनी दाँतदेखि पेटसम्म खराब चीज हो । यसले लिवरलाई पनि खराब गर्दछ । एकदमै धेरै प्रशोधित चिनीको सेवन गर्दा शरीरमा बोसो बढाउन सक्छ । जसले गर्दा लिवरको बिरामी हुन सक्छ । केही अध्ययनहरूका अनुसार चिनीले पनि रक्सीले जस्तै लिवरलाई खराब गर्ने गर्दछ ।

भिटामिन ‘ए’ सप्लिमेन्ट– तपाईंको शरीरलाई भिटामिन ‘ए’ को एकदमै आवश्यकता हुन्छ । यसको पूर्ति रातो, सुन्तला रंग तथा पहेलों रंगका फल तथा तरकारीहरूबाट हुन्छ । यदी तपाईं भिटामिन ‘ए’ को सप्लिमेन्ट एकदमै धेरै लिनुहुन्छ भने त्यसले पनि लिवरलाई हानी गर्न सक्छ ।

रक्सी– रक्सी धेरै सेवन गर्नु पनि लिवरका लागि एकदमै नराम्रो कुरा हो । प्रायः लिवरको फ्याटी लिवरको समस्या पनि रक्सी सेवन गर्नेहरूमा धेरै देखिएको हुन्छ ।

जंकफुड– तारेको वा प्याकेटमा राखेको खानेकुराहरू पनि सेवन गर्नबाट बच्नुपर्छ । यस्तो खानेकुराहरूले तौल बढाउनुका साथै लिवरमा बोसो जम्मा गर्ने काम गर्छ । जसले गर्दा लिवरको समस्या देखिन्छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।