यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
यस्ता लक्षण देखिन थाले भने बुझ्नुस्- तपाईंको मिर्गौला खराब हुँदै छ. आजभोलि मानिसमा मिर्गौलाको समस्या बढेको छ । मिर्गौलाको खराबीले मृत्युसम्म पुर्याउन सक्छ।. धेरैजसो किड्नी (मृगौला) खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । गलत खान–पान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ । केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ ।. यस्ता लक्षण देखिएमा हुनुस् सावधान. १. छिटो–छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो–छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।. २. पिसाबमा समस्या – किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ ।. ३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।. ४. सुन्निनु – किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ ।. ५. रक्तअल्पता तथा कमजोरी – मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ । ६. छाला रोग – किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।. ७. मुख गनाउँने – यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।. ८. रक्तचाप बढ्नु – मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्न पर्छ ।. ९. वान्ता होला जस्तो महसुश – किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ ।. १०. जोर्नी दुख्ने – सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ ।. यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज - फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।.
यस्ता लक्षण देखिन थाले भने बुझ्नुस्- तपाईंको मिर्गौला खराब हुँदै छ
मूलखबर संवाददाता
काठमाडौं
आजभोलि मानिसमा मिर्गौलाको समस्या बढेको छ । मिर्गौलाको खराबीले मृत्युसम्म पुर्याउन सक्छ।
धेरैजसो किड्नी (मृगौला) खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । गलत खान–पान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ । केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ ।
यस्ता लक्षण देखिएमा हुनुस् सावधान
१. छिटो–छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो–छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।
२. पिसाबमा समस्या – किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ ।

३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।
४. सुन्निनु – किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ ।
५. रक्तअल्पता तथा कमजोरी – मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ ।
६. छाला रोग – किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।
७. मुख गनाउँने – यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ ।

८. रक्तचाप बढ्नु – मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्न पर्छ ।
९. वान्ता होला जस्तो महसुश – किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ ।

१०. जोर्नी दुख्ने – सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ ।
यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।