चिनियाँ टू सेसनको संकल्पः युद्ध जित्नका लागि तयार रहने जनमुक्ति सेना

मूलखबर संवाददाता
काठमाडौं

चिनियाँ राष्ट्रपति सी चिङफिङले सेनाहरुलाई युद्ध लड्न र जित्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। टू सेसन चलिरहँदा राष्ट्रपति सीले यस्तो निर्देशन दिएका हुन्।

‘हाम्रो देशको वर्तमान सुरक्षा अवस्था धेरै हदसम्म अस्थिर र अनिश्चित छ’ उनले भने, ‘सम्पूर्ण सेनाले क्षमता निर्माण र लडाई तत्परताका लागि समन्वय गर्नुपर्छ। सेना कुनै पनि समयमा विभिन्न जटिल र गाह्रो परिस्थितिहरूको जवाफ दिन तयार हुनुपर्दछ।’

चीनले रुससँग सैन्य सहकार्य गर्ने विषयमा चर्चा चलिरहँदा सीले उच्च–स्तरको रणनीतिक निवारण र एक संयुक्त लडाई प्रणालीको आवश्यकता भएको पनि बताए। उनले सेनालाई प्रविधि सम्पन्न बनाउनु पर्नेमा पनि जोड दिए।

यसपटक चीनले आफ्नो सेनाका लागि २३ अर्ब डलरभन्दा बढी खर्च गर्नेछ । चीन सरकारले यस वर्षको लागि २३.१३ अर्ब डलरको रक्षा प्रावधानको मस्यौदा तयार गरेको छ । यो गत वर्षको रक्षा बजेटको तुलनामा ७.२ प्रतिशत बढी हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ‘ग्लोबल टाइम्स’ले सन् २०१६ यता चीनको रक्षा बजेटको वृद्धि १० प्रतिशतभन्दा कम रहेको लेखेको छ ।

यो लगातार नवौँ वर्ष हो जब चीनको रक्षा बजेट १० प्रतिशतभन्दा कमले बढेको हो ।

सैन्य मामिलाका विशेषज्ञ झाङ जुन्सेले ‘ग्लोबल टाइम्स’लाई चीनको रक्षा बजेट स्थिर रहेको बताए। धेरै देशले आफ्नो रक्षा बजेटमा उल्लेख्य बृद्धि गरिरहँदा चीनको दश प्रतिशतभन्दा बढी वृद्धि भएको छैन ।

चीन संसारको दोस्रो ठूलो अर्थव्यवस्था हो । चिनियाँ सेना संसारकै शक्तिशाली सेनामध्ये एक हो । हालैका वर्षमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्केर संसारको पहिलो महाशक्ति बन्ने धुनमा छ ।

चीनले विगत २५ वर्षमा आफ्नो रक्षा बजेट १० गुणा बढाएको छ । बेइजिङले शक्तिशाली जलसेना र अनेकौं लडाकू विमान बनाइरहेको छ । उसले शान्ति अपरेसनका साथ प्रयोग गरिरहेको छ । आक्रामक विदेशनीतिका साथ चिनियाँ सेनाले पश्चिम देशलाई पनि सतर्क गराएको छ । अमेरिकी नीतिनिर्माताहरू चिनियाँ सेनालाई वाशिङटनको प्रतिस्पर्धी मान्छन् । अमेरिकी सेनालाई टक्कर दिनसक्ने संसारको एकमात्र देश चीन भएको धेरैले मान्छन् ।

स्थल सेनाको कुरा गर्दा चीनसँग सबभन्दा ठूलो सेना छ । चीनसँग २३ लाख सशस्त्र सैनिक छ अनि पाँच लाख १० हजार रिजर्भ सैनिक पनि छ । अर्धसैनिक बलका रूपमा चीनसँग ६ लाख ६० हजार सैनिक छन् । चीनको तुलनामा अमेरिकासँग १४ लाख सक्रिय सैनिक छन् ।

चीनसँग संसारको ठूलो स्थल सेना भएपनि मोबिलिटीको समस्या छ । उससँग ट्रान्सपोर्ट हेलिकप्टरको कमी छ र अहिले पनि चीन यातायातका लागि ट्रेनमा निर्भर छ । चीनको स्थल सेनाले सीमाको सुरक्षा गर्ने जिम्मेवारी छ । चिनियाँ सेना २०२० सम्म आधुनिकीकरणको लक्ष्यमा अघि बढिरहेको छ ।

रक्षा बजेट बढेको बढ्यै
वर्तमान राष्ट्रपति सी जिनपिङलाई त्यहाँका जनताले माओत्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेर्छन्। उनले देशमा निकै कडा शासन गरेका छन्। यदि कसैले आफ्नो नियम वा आफ्नो अख्तियार विरुद्ध केहि बोल्यो भने सिधै कडा कारबाही हुन्छ। जिनपिङले चीनमा हतियार विकासमा अर्बौं डलर खर्च गरेका छन्।

युकेको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजका अनुसार गत वर्ष चीनको रक्षा बजेट १७५ अर्ब पाउण्ड अर्थात १८.३० लाख करोड अमेरिकन डलर बराबर थियो। हाल चिनियाँ सेनामा २० लाखभन्दा बढी सैनिक सक्रिय रहेका छन् जबकि अमेरिकामा सक्रिय रिजर्भ आर्मीको संख्या करिब १३ लाख मात्र रहेको छ। जसका कारणा हाल चीन सबैभन्दा ठूलो सेना भएको पहिलो देश हो।