काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्याे, ४ काे मृत्युु, ३३ काे उद्वार

मूलखबर संवाददाता
काठमाडौं, २३ फागुन

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ४ जनाकाे ज्यान गएकाे छ ।  बुधबार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बसकाे गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आमदघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलिले जीवितै उद्धार गरेको छ । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।