यस्ता व्यक्तिलाई हुन्छ हृदयघातको खतरा, हृदयघात भैहाले के गर्ने (टिप्ससहित)

मूलखबर संवाददाता
काठमाडौं

एक अध्ययन अनसार, गर्मीको तुलनामा जाडोमा हार्ट अट्याक अर्थात् हृदय घात हुने खतरा ५३ प्रतिशतले बढी रहेने देखाएको छ । त्यस्तै, जाडोमा पनि कस्ता व्यक्तिमा बढी हृदय घातको खतरा हुने हुन्छ, त्योपनि जान्नुहोस् ।

– रक्तचापका बिरामी – जाडोमा रगत सञ्चार छाला वा मांसपेशीतिर हुन्छ । यसो हुँदा मुटुसम्म पर्याप्त रगत पुग्न पाउँदैन । त्यसैले रक्तचापका बिरामीलाई पनि जाडोमा हार्ट अट्याक हुने खतरा बढी रहन्छ ।

– जो व्यक्ति आवश्यकता भन्दा बढी नै मोटो छ, उसलाई पनि हृदय घातको खतरा रहन्छ ।

– मधुमेह भएका व्यक्ति –मा हृदय घातको खतरा बढी हुन्छ ।

– धुम्रपान गर्ने व्यक्ति

– मद्यपान गर्ने व्यक्तिमा पनि हार्ट अट्याक हुने खतरा बढी हुन्छ ।

यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाई सँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ । तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आक्तिनु र हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । र त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्ने तरिका खोक्नु भन्दा पहिले ठूलो स्वाश लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाई आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।

प्रत्येक २ सेकेण्डमा नविराइकन श्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको पे्रशर अर्थात दबाबले तपाईको मुटुको धडकनको गतिलाई ब्यालेन्समा ल्याउन मद्धत पुर्याउँछ ।

डाक्टर नआइपुगुनजेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ । मुटुरोग बिशेषज्ञहरु ग्यारेनटीका साथ भन्छन्, “यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा, कमसेकम एक जनाकोे ज्यान बचाउन सकिन्छ ।”