कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

शरीरमा कोलेस्ट्रोल बढ्नु मुटुका लागि घातक मानिन्छ, यी ५ कुरा खाएर घटाउनुस्

मूलखबर संवाददाता
काठमाडौं

गतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो। तर यसको मात्रा बढ्नु भनेको शरीरमा समस्या निम्तिनु हो।

स्वस्थ रहनका लागि अहिले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नु एकदमै जरुरी हुन्छ । अहिलेको परिवर्तित जीवनशैलीका कारणले समस्या बढ्दै गइरहेका छन्।

शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले मुटु सम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ। यसबाट हृदयाघातको सम्भावनासमेत बढ्ने गर्छ। यसको नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्नुपर्छ।

त्यसैले यदी तपाईं आफ्नो शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित बनाएर राख्न चाहनुहुन्छ भने केही खोनकुराहरु हामी तपाईंलाई बताउनेछौं ।

शरीरलाई स्वस्थ राख्न स्वस्थ फ्याटको आवश्यकता हुन्छ । त्यसका लागि तपाईं ड्राई फ्रुट्स खानुहोस् । यसले खराब कोलेस्ट्रोललाई कम गर्छ र मुटुको स्वास्थ्य पनि राम्रो बनाउँछ ।

सोयाबाट बनेको चिजहरुको सेवन गर्नाले कोलेस्ट्रोल बढेको छ भने पनि कम हुन्छ । यसलाई दैनिक खानपानमा समावेश गर्नुहोस् ।

त्यस्तै एवोकाडोमा पनि स्वस्थ फ्याट हुन्छन् जसले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित गर्न सहयोग गर्छ । यसबाहेक तपाईं साल्मन जस्तो माछा पनि सेवन गर्न सक्नुहुन्छ ।

कागती पानीमा पाइने भिटामिन सीले नसामा टाँसिएर बसेको तैलीय पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ । त्यसैले दैनिक यसको सेवनले कोलेस्ट्रोलको मात्रा घट्दै जान्छ ।

त्यस्तै ओट्समा घुलनशील फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल बनाउन कम गर्छ र नियन्त्रित रहन्छ ।

फाइबर भएका फल तथा तरकारी जस्तै नासपती, स्याउ, बिन्स, स्प्राउट्स, भिन्डी, फर्सी आदिको सेवन धेरै गर्नुहोस् । यसले कोलेस्ट्रोल नियन्त्रित रहन्छ ।

यी सबै बाहेक आलसको बीज, ग्रीन टी, धनियाँको बीज, नरिवल पानी, मुंगफली आदिलाई पनि आफ्नो आहारमा समावेश गराउनुहोस् । यसले शरीरमा नराम्रो कोलेस्ट्रोललाई कम गरी राम्रो कोलेस्ट्रोललाई बढाउने काम गर्छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।

छान्नुहोस् र सुन्नुहोस्