प्रेस सेन्टर प्रवास प्रदेश समितिकाे भेला सम्पन्न, हरि नेपालीकाे अध्यक्षतामा समिति गठन

मूलखबर संवाददाता
काठमाडौं, १५ फागुन

प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिको प्रथम विसतारित बैठक एवम्  भेला यही २४ फेब्रुअरी २०२४ का दिन भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेलाको सभापतित्व प्रवास प्रदेश समितिका इन्चार्ज आरबी खड्काले गरेका थिए ।

प्रवास प्रदेश समितिको पश्चिय एसियाका इन्चार्ज मेघराज सापकोटा, पुर्वी एसियाका इन्चार्ज तिलक मल्ल, भारतवाट दिपक जिसी, अमेरिकाजका इन्चार्ज महेश कुमार खाती, ओशियानाका इन्चार्ज दिलनिशानी मगर, युरोपका इन्चार्ज केजिन राईले रिपोर्टिंग राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा मन्चहरु र प्रेस सेन्टर एक अर्काको परिपुरक हुनु पर्ने बताए ! शर्माले पद लिने तर काम नगर्ने प्रवृति सबैतिर बढेको तर्फ औल्याउदै परिणाममुखी भएर काम गर्न समेत निर्देशन दिएका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका विशिष्ठ अतिथि बिष्णु सापकोटा जुगलले पार्टी र सरकारले गरेका राम्रा कामहरुको प्रचार संगै पार्टी नेतृत्वलाई खवरदारी समेत गर्नुपर्ने महत्वपुर्ण कार्यभार प्रेस सेन्टरको रहेको बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेलको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस सेन्टरले प्रचारको कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

भेलामा नेपाली जनप्रगतिशील मन्च जापानका अध्यक्ष मोहन पौडेल, नेपाली जनप्रगतिशील मन्च जापानका निवर्तमान अध्यक्ष भवानी, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सुनिल खड्का लगायतले शुभकामनासहित आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष – हरि नेपाली

भेलाले हरि नेपालीको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारी सहित ५९ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

जसमा बरिष्ठ उपाध्यक्ष केजिन राई युरोप, उपाध्यक्ष तिलक मल्ल जापान, उपाध्यक्ष मनु श्रेष्ठ भारत, महासचिव दिपक जिसी भारत, सचिव दिल निशानी मगर ओशियाना, सचिव मेघराज सापकोटा पश्चिम एसिया, सचिव शान्ति बुढा भारत र कोषाध्यक्ष महेश कुमार खाती अमेरिकाज् रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा अर्जुन दयाल, रमेश खड्का, नारायण बिष्ट, दिपक पुन मगर, नारायण विक, अटल परियार, ललिता मलाति, बेल बहादुर पुन, चन्द्र मोहरा, गणेश बुढा, कमल राउत, महेन्द्र खाडु, उषा बुचा मगर , दीपक विक, प्रयाग राज भट्ट, लक्ष्मण खनाल, सन्तोष क्षेत्री, पुर्ण बिक, चन्द्र गोतामे रहेका छन् ।

त्यसैगरी युवराज कार्की, निमेष गिरी, प्रेम परियार , छेसाङ लोप्चन असिम, युबराज फुयाल, रबिचन्द्र भट्टराई, सरिता शर्मा, बिमला लिम्बु, इन्दिरा चाम्लिंग, कृष्ण तिवारी, बिनोद अधिकारी, कर्मा पहाडी शेर्पा, मनिष तमु , सन्दिप सुनार, विनोद ढकाल, जिपी लामिछाने, अर्जुन लामिछाने, दुर्गा गुरुङ मिलन, कृष्ण प्रसाद नेपाल, तारा मिलन छन्त्याल, बाबुराम सापकोटा र प्रतिक सिग्देल प्रदेश समितिकाे सदस्य रहेका छन् ।