
बैंक कर्जाकाे ब्याज एक अंकमा सिमित गर्न सांसद तामाङकाे माग
प्रतिनिधिसभा सदस्य मिना तामाङले बैंककाे व्याजदर एक अंकमा सिमित गर्न माग गरेकी छिन् ।
संसदकाे बिहिवारकाे बैठकमा शून्य समयमा बाेल्दै माओवादी केन्द्रकि सांसद तामाङले सहकारी, बैंक, लघुवित्तबाट पीडितलाई राहत दिन बैंक कर्जाकाे व्याज एक अंक बनाउन र पुनर्कर्जाकाे व्यवस्था गर्न माग गरेकी हुन् ।
उनले सरकारलाई लघुवित्त पीडित र सहकारी पीडितकाे समस्या हल गर्न तत्काल पहल गर्न पनि माग गरेकी छिन् ।
