कस्तो छ ५३ हजार पर्ने ट्रम्प ब्राण्डको जुत्ता

मूलखबर संवाददाता
काठमाडौं

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकनबाट उमेदवार बन्ने स्थितिमा छन् । उनले दोस्रो पटक हालका राष्ट्रपति जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

केही दिनअघि मात्र टम्पको कम्पनीलाई सिभिल ठगी मुद्दामा ३५ करोड ५० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको थियो। ट्रम्पले सहज ऋण सर्तका लागि सम्पत्तिको मूल्य बढाएको र वित्तीय विवरणमा झुटो बोलेको भन्दै म्यानहट्टन सर्वोच्च अदालतका न्यायाधीश आर्थर एन्गोरोनले यस्तो फैसला सुनाएका हुन् ।

फैसला आएको एक दिनपछि ट्रम्पले नयाँ स्नीकर ब्रान्ड सुरु गरेका छन्। उनले फिलाडेल्फियामा ‘ट्रम्प स्नीकर्स’ सार्वजनिक गरेका हुन् ।

ट्रम्पले सार्वजनिक गरेको सुनौलो रंगको एक जोर स्निकरको ३९९ अमेरिकी डलर (करिब ५३ हजार नेपाली रुपैयाँ) रहेको छ। जुत्ताको पछाडी अमेरिकी झण्डा राखिएको छ ।